आर्मीलाई हराउँदै पुलिस बन्यो जय ट्रफी च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत ६ गते । जय ट्रफी इलिट कप बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।बिहीबार माथिल्लो मुलपानी मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। पुलिसले आर्मीले दिएको २२७ रनको लक्ष्य ६ विकेटको क्षतिमा पूरा गर्‍यो।पुलिसको जितमा रशिद खानले ८१ रन बनाए।४ विकेट पनि लिएका खान फाइनलको प्लेयर अफ दि म्याच भए।पुलिसका लागि चौथो नम्बरमा ब्याटिङ गरेका कुशल भुर्तेलले ५१ रन बनाए भने ओपनर दिनेश खरेलले २५ रन जोड्दा अमृत श्रेष्ठ शून्यमा आउट भएका थिए।दिलसाद अलीले नटआउट ३१ रन बनाए भने कप्तान आरिफ शेखले १४ रन र शंकर रानाले नटआउट १३ रन बनाए।बलिङमा आर्मीका पवन कार्की र शाहब आलमले २-२ विकेट लिए। त्यसअघि तेस्रो दिन आर्मी दोस्रो इनिङग्समा २२६ रनमा अलआउट भएपछि पुलिसले २२७ रनको लक्ष्य पाएको हो। आर्मी दोस्रो दिनको खेल सकिदा १७८-९ को स्थितिमा थियो त्यसपछि दशौं विकेटका लागि ४७ रनको साझेदारी भयो। जसमा सोमपाल कामीले नटआउट २३ रन र आकाश चन्दले ३७ रन बनाए।आर्मीका लागि दोस्रो इनिङग्समा कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेनन्। कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले ३२ रन र शहाब अलामले ३३ रन बनाए। बलिङमा पुलिसका सागर ढकालले ४ विकेट लिए भने करण केसी र ललितनारायण राजवंशीले ३-३ विकेट लिए।त्यसअघि पहिलो इनिङग्समा आर्मी र पुलिस दुवैले २२१-२२१ रन जोडेका थिए। आर्मीका लागि इमरान शेखले ५० रन बनाए भने पुलिसका लागि करण केसीले नटआउट ७२ रन जोडेका थिए।बलिङमा पुलिसका रशिद खानले ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले ३-३ विकेट लिए। आर्मीका सोमपाल कामीले ५ विकेट हात पारे भने आकाश चन्दको नाममा २ विकेट रह्यो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)