सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ २२ गते । सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।नापी कार्यालय मलङगवाका प्रमुख संजय मानन्धर सहित नापीका अन्य कर्मचारी सवार जिप दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार मलङगवा नवलपुर सडक-खण्ड अन्तर्गत चमेली माई मन्दिर नजिकै तीव्र गतिमा आइरहेको जिपले अगाडि रहेको ज २ त १०६७ नम्बरको उखु बोकेको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।दुर्घटना ग्रस्त बिआर ०६ पिडि ९६४८ नम्बरको भारतीय जिपमा सवार सबै नापी कार्यालयका कर्मचारी रहेको बुझिएको छ।घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनीहरुलाई सदरमुकाम मलङगवा स्थित सरकारी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज जनकपुर र काठमाडौं रिफर गरिएको छ।घाइते हुनेहरूमा नापी प्रमुख संजय मानन्धर, कर्मचारी वैद्यनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र याद, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)