मन्सुर खान बिरगंज असोज ८ गते । पर्सा–१ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता बिकेश कुमार पटेलको उम्मेदवारी वीरगञ्ज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका वडा नं.१४ का युवा नेता बिकेश कुमार पटेलले पर्सा क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका पटेलले नेपाली कांग्रेसको संगठन निर्माण, युवाको सहभागिता तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको बताइएको छ।नेपाली कांग्रेसको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद लाई आत्मसात् गर्दै पटेलले पार्टीभित्र युवाको आवाजलाई थप प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनुभएको हो।युवा पुस्ताको सक्रिय सहभागिता, नेतृत्वमा पुस्तान्तरण तथा पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने विषयलाई प्राथमिकतामा राख्दै आफू अघि बढेको पटेलले बताउनुभएको छ।पटेलको उम्मेदवारीसँगै पर्सा–१ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा युवा नेतृत्व, पुस्तागत सहभागिता र नयाँ राजनीतिक सोचको विषयसमेत चर्चामा आएको छ।युवाहरूको उत्साह र सहभागितालाई पार्टी संगठनको बलियो आधारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै पटेलले युवाको आवाज, परिवर्तनको सपना—कांग्रेसको नेतृत्वमा सम्भव भन्ने नारासहित आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।पटेलले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई थप सुदृढ बनाउने, युवाको सहभागिता बढाउने तथा कार्यकर्ताका आवाजलाई पार्टीको नीति र नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्याउन आफू सक्रिय रहने बताउनुभएको छ।