गरिमा चौधरी हत्या प्रकरणविरुद्ध जेनजी–युथ अफ बाराको प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ २९ गते । गरिमा चौधरी हत्या प्रकरणविरुद्ध जेनजी–युथ अफ बाराको प्रदर्शन कलैया । बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपीहरूलाई धरौटी तथा तारेखमा रिहा गरिएको भन्दै जेनजी एण्ड युथ अफ बाराले सोमबार बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेको छ।मासूम गरिमालाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी देऊ’ लगायतका नारासहित युवा तथा विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले कलैया बजार परिक्रमा गर्दै विरोध जुलुस निकालेका थिए।अदालतको प्रारम्भिक आदेशप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरू बारा जिल्ला अदालतका नम्बर १ न्यायाधीशको निवास नजिक पुगेर समेत न्यायको माग गर्दै दबाबमूलक नाराबाजी गरेका थिए।प्रदर्शनकारीहरूले गरिमा चौधरीलाई न्याय दिलाउन र बलात्कार तथा हत्या जस्तो गम्भीर अपराधमा संलग्न आरोपितमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)