वीरगञ्जको गौरव डा.आमिर आलमलाई ‘अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार–२०२६

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ २१ गते । वीरगञ्जको गौरव डा.आमिर आलमलाई ‘अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार–२०२६ मुख तथा दन्त स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै आएका वीरगञ्जका दन्त चिकित्सक डा.आमिर आलमलाई ‘अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार–२०२६’ प्रदान गरिएको छ।वीरगञ्जस्थित स्माइल डेन्टल क्लिनिकका सञ्चालकसमेत रहेका डा. आलमलाई काठमाडौंमा सम्पन्न ‘नेपाल तथा अन्तर्राष्ट्रिय शिखर सम्मेलन’का क्रममा सम्मान गरिएको हो। उनलाई मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानसँगै सामुदायिक क्षेत्रमा देखाएको नेतृत्व क्षमताको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले डा. आलमलाई पुरस्कार हस्तान्तरण गरेका थिए।सम्मान प्राप्त गरेपछि डा. आलमले यस उपलब्धिले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्। उनले प्राप्त सम्मानलाई व्यक्तिगत सफलताभन्दा पनि समाजप्रति अझ प्रभावकारी रूपमा सेवा गर्ने प्रेरणाका रूपमा लिएको बताएका छन्।आगामी दिनमा पनि दन्त स्वास्थ्य सेवा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले आफ्नो सफलताको यात्रामा साथ, सहयोग र विश्वास गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।डा. आलमले ‘सेवा र जिम्मेवारीको यात्रा अझ सशक्त रूपमा अगाडि बढ्नेछ’ भन्ने सन्देशसमेत दिएका छन्।उनलाई प्राप्त यस अन्तर्राष्ट्रिय सम्मानले वीरगञ्जको स्वास्थ्य क्षेत्रसँगै मुख तथा दन्त स्वास्थ्य सेवाको क्षेत्रमा उनले गर्दै आएको कामलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)