विपद्को कठिन परिस्थितिमा उच्च मनोबलका साथ काम गर्न आईजीपी दान कार्कीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ १९ गते । विपद्को कठिन परिस्थितिमा उच्च मनोबलका साथ काम गर्न आईजीपी दान कार्कीको निर्देशन फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको हौसला बढाउन आईजीपी कार्की आफैं स्थलगत अनुगमनमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान कार्कीले विपद्को कठिन परिस्थितिमा राष्ट्र र नागरिकको सेवामा खटिएका प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्।फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको हौसला बढाउन आईजीपी कार्की आफैं स्थलगत अनुगमनमा पुगेका हुन्। उनले प्रहरी कर्मचारीलाई आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको उच्चतम प्रयोग गर्दै उद्धार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गरे।आईजीपी कार्कीले बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार, हिंसा तथा अन्य आपराधिक गतिविधिप्रति प्रहरी थप संवेदनशील र सतर्क हुनुपर्ने बताए।विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिँदै उनले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आग्रह गरे।त्यसैगरी, राहत वितरणमा कुनै किसिमको अनियमितता हुन नदिन स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनसमेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।आईजीपी कार्कीले विपद् व्यवस्थापनमा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।स्थलगत अनुगमनमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)