भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ १६ गते । भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन्।बाढी प्रभावित क्षेत्रमा हुने पुनर्स्थापना तथा पुनर्निर्माण कार्यलाई थप सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीसमेत छुटमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।उद्योगको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाको क्षेत्रमा गरिएको उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकहरूलाई राहत पुग्ने विश्वास रहेको निर्देशक रुङ्गटाले बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)