मन्सुर खान बिरगंज भदौ १४ गते । रसुवा बाढीपीडितका लागि वीरगञ्जमा राहत संकलन, विशेष दुआ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि वीरगञ्जमा राहत संकलन गरिएको छ।वीरगञ्ज–वडा नम्बर ८ स्थित गहवा नुरी जामे मस्जिदमा शुक्रबार जुम्माको नमाजपछि बाढीपीडितका लागि राहत संकलन गरिएको हो। कार्यक्रममा सहभागी मुस्लिम समुदायका अगुवाहरू तथा स्थानीयवासीले विपत्तिमा परेका नागरिकको सहयोगका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन्।सो अवसरमा बाढीपीडितहरूको सुरक्षा, शीघ्र उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढोस् र विपत्तिबाट प्रभावित परिवारलाई चाँडै सामान्य अवस्थामा फर्कने शक्ति मिलोस् भन्ने कामनासहित विशेष दुआसमेत गरिएको थियो।मानवीय संकटका बेला सबै समुदाय र नागरिक एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। उनीहरूले मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनाका साथ बाढीपीडितलाई सहयोग गर्न अपिल गरेका छन्।दुआमा अल्लाहसँग बाढीबाट प्रभावित सम्पूर्ण परिवारलाई धैर्य, शक्ति र सुरक्षा प्रदान गर्न तथा विपत्तिबाट शीघ्र मुक्ति दिलाउन प्रार्थना गरिएको थियो।