भोटेकोशी बाढीपीडितको राहतमा वीरगन्ज हेल्थ केयरको १० लाख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ १२ गते । भोटेकोशी बाढीपीडितको राहतमा वीरगन्ज हेल्थ केयरको १० लाख

वीरगन्ज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धार अभियानमा वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख रुपैयाँ सहयोग गरेको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावितको संख्या बढिरहेका बेला अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो।

अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले शुक्रबार १० लाख रुपैयाँको चेक पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तलाई हस्तान्तरण गरे।

चेक हस्तान्तरण गर्दै डा. अन्सारीले प्राकृतिक विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए। उनले राहत, उद्धार र पुनःस्थापनाका लागि निजी क्षेत्र तथा सामाजिक संघसंस्थासहित आम नागरिकले पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए।

विपद्का बेला पीडितको दुःखमा साथ दिनु नै मानवताको वास्तविक परिचय हो,” उनले भने।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको अस्पतालले जनाएको छ।

 

चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक हासिम अन्सारी, प्रशासन प्रमुख भूमिका अधिकारी लगायत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)