रसुवा भन्सार गएका १७ जना सम्पर्कविहीन, २ जना उद्धारपछि सम्पर्कमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ ११ गते । रसुवा भन्सार गएका १७ जना सम्पर्कविहीन, २ जना उद्धारपछि सम्पर्कमा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले रसुवा भन्सार कार्यालयबाट सामान लिन वीरगञ्जबाट गएका विभिन्न स्थानका १७ जना चालक तथा सहचालक सम्पर्कविहीन रहेको जनाएको छ।

कार्यालयका अनुसार उनीहरू विभिन्न मितिमा सम्बन्धित नम्बरका मालवाहक गाडी लिएर रसुवा भन्सारतर्फ गएका थिए। परिवार तथा आफन्तले २०८३ भदौ १० गते साँझ करिब ७ बजे जिल्ला प्रहरी कार्यालय पर्सामा उनीहरू सम्पर्कविहीन भएको जानकारी गराएका थिए।

सम्पर्कविहीन हुनेमा पर्सा, बारा, मकवानपुर, सिन्धुली र सर्लाहीका चालक तथा सहचालक रहेका छन्।

सम्पर्कविहीन व्यक्तिहरूको विवरण :

१. ना.२ ख ५१९७ का चालक नारायण पटेल, वीरगञ्ज महानगरपालिका–१४, बहुअरी — ९८१४२२७६९७

२. ना.३ ख ७९१२ का चालक सुबोध पटेल, कलैया उपमहानगरपालिका–२२, बारा — ९८०५५६९२६८

३. म.प्र.०३–००२ ख ४०९३ का चालक अरुण हजरा, कलैया उपमहानगरपालिका–२२, मटिअर्वा — ९८०५५६९२६८

४. म.प्र.०३–००२ ख ४९६२ का चालक श्यामबाबु ठाकुर, वीरगञ्ज महानगरपालिका–१५, लक्ष्मणवा — ९८६१५१०३८६

५. ना.५ ख ७५८८ का चालक उकेश दंगोल, हेटौंडा उपमहानगरपालिका–८, कमाने — ९८४५३३८५०८

६. ना.३ ख ४७४८ का चालक सञ्जय तामाङ, सिन्धुली — ९८६४०३१३३९

७. म.प्र.०३–००२ ख ४२९३ का चालक आकाश तामाङ, मकवानपुर, पालुङ — ९८५११९२१३२

८. ना.३ ख ५१८३ का चालक कमरुल होदा अन्सारी, वीरगञ्ज महानगरपालिका–१३ — ९८४०२११२२६

९. ना.३ ख ५१८३ का सहचालक सुभाष पटेल, बारा, बरियारपुर–८ — ९७००५७०५१८

१०. ना.६ ख ४००३ का चालक ज्ञानबहादुर थिङ, लालबन्दी, सर्लाही — उद्धार भई सम्पर्कमा

११. ना.५ ख ९९४९ का चालक श्यामलाल मोक्तान — उद्धार भई सम्पर्कमा

१२. ना.५ ख ४९१९ का चालक समिम देवान, परवानीपुर–४, चैनपुर — ९७०७९४५३२७

१३. ना.५ ख ३५५७ का चालक अनुतमबहादुर श्रेष्ठ, वीरगञ्ज महानगरपालिका–४, बिर्ता — ९८१४२६८१६८

१४. म.प्र.०३–००२ ख ५१०१ का चालक अभिषेक बस्तौला, हेटौंडा–११, बस्तिपुर — ९८४२०९४७१५

१५. म.प्र.०३–००२ ख ५०५७ का चालक घनश्याम बस्तौला, हेटौंडा–११, बस्तिपुर — ९८४००१२६५१

१६. म.प्र.०३–००१ ख ९६०८ का चालक दिनेश परियार, निजगढ, बारा — ९८४४४०४२८३

१७. ना.३ ख ४७१९ का चालक पृथ्वी चौधरी, वीरगञ्ज महानगरपालिका–१५, लक्ष्मणवा — ९८२९४५७७९९

जिल्ला प्रहरी कार्यालय पर्साले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि आवश्यक सहयोग र समन्वय भइरहेको जनाएको छ। परिवार तथा आफन्तले सम्बन्धित व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउन आग्रह गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)