तीन दिनदेखि बेपत्ता ३ वर्षीया गरिमा चौधरी मृत अवस्थामा फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ २ गते । बारा — तीन दिनअघि घरबाट बेपत्ता भएकी जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी ३ वर्षीया बालिका गरिमा चौधरी मृत अवस्थामा फेला परेकी छन्।बालिकाको शव छिमेकीको घरमा फेला परेको प्रहरीले जनाएको छ। शव हिलोमा लतपतिएको अवस्थामा भेटिएपछि घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। घटनास्थलको दृश्य देखेर कतिपय मानिस भावविह्वल भएका थिए।बालिका हराएपछि परिवार, स्थानीयवासी र प्रहरीले तालिम प्राप्त कुकुरसहित खोजी तीव्र बनाएका थिए। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।घटनाको प्रकृति हेर्दा बालिकामाथि गम्भीर अपराध भएको आशंका गरिएको छ। यद्यपि, बलात्कार वा अन्य अपराध भएको पुष्टि अनुसन्धान र प्रहरीको आधिकारिक विवरणपछि मात्र हुनेछ।निर्दोष बालिकाको ज्यान गएको यस घटनाले समाजमा बालबालिकाको सुरक्षा र संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ। दोषी जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।यस दुःखद घटनापछि अभिभावक तथा परिवारजनलाई आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन र उनीहरूको गतिविधिबारे सचेत रहन आग्रह गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)