मन्सुर खान बिरगंज साउन २९ गते । पर्सागढी–५ का जनताको सुख–दुःखमा सधैँ साथ रहने युवा नेता मिराजको प्रतिबद्धता पर्सागढी । युवा नेता मोहम्मद मिराज मियाँले पर्सागढी नगरपालिका–५ का जनताको सुख–दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।जनताको साथ, विश्वास र मायालाई आफ्नो मुख्य शक्ति तथा भरोसा मान्दै स्थानीयवासीसँग हातेमालो गरेर अघि बढ्ने उहाँले बताउनुभएको छ।मेरो साथ जनतालाई, जनताको साथ मलाई—यही हो मेरो शक्ति, यही हो मेरो भरोसा । मियाँले भन्नुभयो वडा नम्बर ५ का जनताको भावना, आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि निरन्तर साथ दिने उहाँको प्रतिबद्धता छ। जनताको विश्वास कायम राख्दै विकास निर्माण तथा सामाजिक कार्यमा स्थानीयवासीसँग कदममा कदम मिलाएर अघि बढ्ने उहाँले बताउनुभएको छ।