मन्सुर खान बिरगंज भदौ ११ गते । भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी किनारमा भेटिएका शव पोखरा ल्याइयो।
पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवहरू पोखरा ल्याइएको छ। तनहुँमा भेटिएका नौ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर व्यवस्थापन तथा परीक्षणको काम सुरु गरिएको छ। तीमध्ये पाँच पुरुष, एक महिला, एक बालक, एक बालिका र एक जनाको पहिचान खुल्न सकेको छैन।
चितवनमा शव राख्ने ठाउँको अभाव भएपछि थप शवहरू पनि पोखरा ल्याउने तयारी गरिएको जनाइएको छ। बाढीपछि नदी किनारमा भेटिएका शवमध्ये केहीको पहिचान सहज भए पनि कतिपयको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ।
पोखरामा शवको व्यवस्थापन, परीक्षण तथा पहिचानको प्रक्रिया कसरी अघि बढाइन्छ? पोस्टमार्टमपछि पनि पहिचान खुल्न नसकेको शवलाई कसरी व्यवस्थापन गरिन्छ? यसबारे कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभएको छ।