मन्सुर खान बिरगंज भदौ १८ गते । बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि पञ्ज काश्मिरी तकियाद्वारा रु.१० लाख सहयोग काठमाडौँ । नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले पञ्ज काश्मिरी तकिया (काश्मिरी जामा मस्जिद), दरबारमार्ग, काठमाडौँ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.१० लाख सहयोग प्रदान गरेको छ।विपद्को यस दुःखद घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गर्दै मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा सहयोगको भावनालाई आत्मसात् गरी उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ।राष्ट्रमाथि आइपरेको यस कठिन परिस्थितिमा आपसी सद्भाव, सहकार्य र एकताका साथ विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्याउनु सबैको साझा दायित्व रहेको पञ्ज काश्मिरी तकियाले उल्लेख गरेको छ।मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय एकताप्रति आफ्नो निरन्तर प्रतिबद्धता रहने संस्थाले जनाएको छ।