मन्सुर खान बिरगंज भदौ २६ गते । प्रदेश प्रमुखसँग सुदूरपश्चिमको नजिर मियाँ र प्रहरी प्रमुख डीआईजी भट्टराईको भेटवार्ता सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले माननीय प्रदेश प्रमुखसँग भेटवार्ता गर्नुभएको छ।भेटका क्रममा डीआईजी भट्टराईले प्रदेशको समग्र सुरक्षा अवस्था, सम्भावित विपद्को जोखिम तथा विपद् पूर्वतयारीका विषयमा प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो।सो अवसरमा प्रदेश प्रमुखले विपद्सम्बन्धी सूचना प्रवाह प्रणाली, सम्भावित जोखिम र त्यसको पूर्वतयारीबारे चासो राख्दै आवश्यक छलफल गर्नुभएको थियो। उहाँले विपद् आइपरेमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक तयारी र सम्बन्धित निकायबीचको समन्वयलाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।