एसपी पवन भट्टराईद्वारा मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ २४ गते । एसपी पवन भट्टराईद्वारा मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जिल्लामा प्रहरी सेवा तथा सुरक्षा व्यवस्थाको प्रभावकारिता बढाउने उद्देश्यले मातहतका विभिन्न प्रहरी कार्यालयहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।एसपी भट्टराईले इलाका प्रहरी कार्यालय पोखरिया, भिष्वा बञ्जारी, वडा प्रहरी कार्यालय श्रीपुर तथा पर्यटक प्रहरी कार्यालय वीरगञ्जमा पुगेर कार्यालयको कामकारबाही, सुरक्षा व्यवस्थापन र प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको हो।निरीक्षणका क्रममा उहाँले सम्बन्धित कार्यालयका प्रहरी अधिकारी तथा कर्मचारीहरूसँग आवश्यक छलफल गर्दै शान्ति सुरक्षा कायम गर्न थप सक्रियता अपनाउन निर्देशन दिनुभयो । विशेषगरी सीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी गतिविधि नियन्त्रण, अपराध न्यूनीकरण तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न उहाँले जोड दिनुभएको छ।एसपी भट्टराईले प्रहरी कर्मचारीहरूलाई अनुशासन, इमानदारी र व्यावसायिकता कायम गर्दै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो।स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य बढाउँदै प्रभावकारी प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)