CIB प्रमुख एआईजी उमा चतुर्वेदीद्वारा मानव बेचबिखन अनुसन्धान ब्यूरोको निरीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ २४ गते । CIB प्रमुख एआईजी उमा चतुर्वेदीद्वारा मानव बेचबिखन अनुसन्धान ब्यूरोको निरीक्षण  काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदीले बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोको निरीक्षण भ्रमण गर्नुभएको छ।निरीक्षणका क्रममा एआईजी चतुर्वेदीले ब्यूरोको समग्र कार्यसम्पादन तथा अनुसन्धान गतिविधिबारे जानकारी लिनुभएको थियो।उहाँले ब्यूरोमा कार्यरत प्रहरी अधिकारी तथा कर्मचारीहरूसँग समसामयिक र सान्दर्भिक विषयमा छलफल गर्दै आवश्यक निर्देशनसमेत दिनुभयो।मानव बेचबिखनजस्तो संवेदनशील अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउन तथ्यमा आधारित अनुसन्धान, पीडितमैत्री व्यवहार तथा व्यावसायिक कार्यशैलीलाई प्राथमिकता दिन उहाँले निर्देशन दिनुभयो।एआईजी चतुर्वेदीले प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी उच्च व्यावसायिकता, इमानदारिता, अनुशासन र दृढ मनोबलका साथ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)