डीआईजी ओम अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण, प्रहरीलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ २९ गते । डीआईजी ओम अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण, प्रहरीलाई निर्देशन वीरगञ्ज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।डीआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साको समग्र प्रहरी सेवा प्रवाह, शान्ति–सुरक्षाको अवस्था तथा प्रशासनिक व्यवस्थापनबारे जानकारी लिनुभएको हो।निरीक्षणका क्रममा उहाँले कार्यालयको भौतिक अवस्था, थुनुवा कक्ष, मालसामान भण्डारण तथा विभिन्न शाखाहरूको वस्तुस्थिति निरीक्षण गर्नुभएको थियो।निरीक्षणपछि डीआईजी अधिकारीले कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादनलाई थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक पृष्ठपोषण तथा निर्देशन दिनुभएको छ।उहाँले नागरिकलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्दै शान्ति–सुरक्षा कायम गर्न व्यावसायिक र जिम्मेवार ढंगले कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको बताइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)