वृद्धाश्रम सहयोग समितिद्वारा असहाय बालबालिका र ज्येष्ठ नागरिकलाई भोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्येष्ठ नागरिकको क्षेत्रमा लामो समय देखि कार्य गर्दै आइरहेको वृद्धाश्रम सहयोग समितिले मिति २०८० पौष महिना ०९ गते क्रिसमसको दिनमा ललितपुर जिल्ला स्थित नेपाल स्नेहा काखमा पुगेर भोजन गराएको छ l

कर्णालीको प्रशान्ति वृद्धाश्रममा १ लाख अक्षय कोष स्थापना गरिदिएको सो संस्थाले बिभिन्न आश्रम हरुमा आबस्यकता अनुसार सहयोग गर्ने र खाना खुवाउने कार्यक्रम गर्दै आइरहेको छ l संस्थाकी अध्यक्ष सम्झना पौडेलका अनुसार अब संस्थाले मासिक रुपमा कुनै न कुनै आश्रमहरुमा बिशेस कार्यक्रम सहित खाना खुवाउने गरि कार्यक्रम तयार गरिएको जानकारी दिनुभयो अब यहि पौष १८ गते पनि कुनै एक आश्रम मा खाना खुवाउने त्यहा रहेका ज्येष्ठ नागरिकको समस्या सुन्ने र समाधान को लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो l

नेपाल स्नेहा काखमा जम्मा जम्मी गरि ९४ जना महिला बालबालिका र ज्येष्ठ नागरिक आश्रित रहेको कुरा हेलिना पौडेलले बताउनुभयो

लामो समय देखि असहाय बालबालिका महिला र ज्येष्ठ नागरिकलाई सडकबाट उद्दार समेत गरि गास बास कपासको सुबिधा प्रदान गर्दै आइरहेको आश्रम ६ रोपनी क्षेत्रफलमा मासिक ५० हजार भाडा तिर्ने गरि बस्दै आएको छ

बिभिन्न दाताहरु मार्फत सहयोग जुट्दै आएको तर संस्थाको स्थायी आम्दानीको श्रोत नरहेको स्थानीयहरू बताउछन् स्नेहा काख जस्ता संस्थालाई सरकारले बिशेस सहयोग दिनु पर्ने स्थानीयको आवाज रहेको बुझिन्छ

वृद्धाश्रम सहयोग समितिले खाना संग संगै बाल बच्चा हरुको लागि ललिपप र अन्यको लागि खाजाको रुपमा बिस्कुट प्रदान गरेको थियो l

आश्रममा ज्येष्ठ नागरिक बिरामी भए पनि ज्येष्ठ नागरिकले पाउने सुबिधा अनुसार उपचार नपाएको र धेरैको नागरिकता नभएको कारण सामाजिक सुरक्षा बापत को रकम प्राप्त गर्न नसकेको कुरा आश्रमका सेवक सेविकाले बताउनुभयो l

वृद्धाश्रम सहयोग समितिकी अध्यक्ष सम्झना पौडेलले आश्रम संचालन बिधि निकै उत्कृष्ट रहेको बिहान बिहान व्यायाम योग गराएर शारीरिक रुपमा आश्रित हरुलाई मजबुत बनाउन आश्रमले कक्षा नै संचालन गरेको मानसिक रुपमा मजबुत बनाउन गित संगीत भजन लगायत मनोरन्जनका कार्य हरु गरेर आश्रम लाइ सफा सुघ्गर र सुन्दर राखेको मा धन्यबाद समेत व्यक्त गर्नुभयो आगामी दिनमा समेत आश्रमको सुख दुख मा संग संगै रहने बचन सहित आगामी दिनमा आबश्यकता अनुसार सहयोग गरिरहने प्रतिबद्दता समेत पौडेलले व्यक्त गर्नुभयो

१९९९९ को चेक दिदै वृद्धाश्रम सहयोग समिति अध्यक्ष

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)