जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ ५ गते।जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल एक थान गोली र लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोस्टबाट प्रहरीले बाजुराको हिमाली नगरपालिका १ का ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी (सुस्ता पूर्व) को कावासोती नगरपालिका ५ बस्ने ५७ बर्षीय वीरबहादुर थापामगरलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई हेटौँडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३७ नम्बरको बसको सिटमुनि राखेको झोलाबाट एकथान पेस्तोल, एक थान गोली र दुईवटा प्लास्टिकको झोलामा सेतो रंगको पाउडरजस्तो देखिने धुलो पदार्थ करिब दुई किलो सात सय ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)