नेकपा एमालेको जिराभवानीमा अगुवा कार्यक्रता भेला सम्पन्न।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ १७ गते । नेकपा एमालेको जिराभवानीमा अगुवा कार्यक्रता भेला सम्पन्न-सुर्य चिन्हमा मतदान गर्न-मियाको अपिल।पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत जिराभवानी गाउँपालिकामा नेकपा एमालेद्वारा जिराभवानी गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै आयोजित भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल गरिएको थियो।कार्यक्रममा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका उम्मेदवार जालिम मियाले पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, अनुभवी नेतृत्वको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए।मियाले आगामी निर्वाचनमा आफ्नो–आफ्नो बुथमा सुर्य चुनाव चिन्हमा मजबुत रूपमा मतदान गर्न कार्यकर्ताहरूलाई आग्रह गरे।भेलाले पर्सा–४ मा नेकपा एमालेको संगठनात्मक गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)