मन्सुर खान बिरगंज असोज १५ गते । बिरगञ्जमा विदेशी नागरिकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न बिरगञ्जस्थित होटल विषुवाको परिसरमा रहेको बिरगञ्ज कलेज अफ होटल म्यानेजमेन्टमा न्युजिल्यान्डबाट आएका विदेशी नागरिक Mr. Oliver Curratको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकार, कलेजका शिक्षक–शिक्षिका, व्यवस्थापन टोली तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमका क्रममा Mr. Oliver Curratले विद्यार्थीहरूसँग विभिन्न विषयमा अन्तरक्रिया गर्दै न्युजिल्यान्डलगायत अन्तर्राष्ट्रिय परिवेशका आफ्ना अनुभव, ज्ञान तथा विचारहरू आदान–प्रदान गर्नुभएको थियो।विद्यार्थीहरूले विदेशी पाहुनासँग प्रत्यक्ष संवाद तथा अनुभव आदान–प्रदान गर्ने अवसर पाएका थिए। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, ज्ञान, संस्कृति तथा भविष्यका नयाँ अवसरहरूबारे बुझ्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।कार्यक्रमले विद्यार्थीहरूमा अन्तर्राष्ट्रिय दृष्टिकोणको विकाससँगै व्यावसायिक तथा शैक्षिक क्षेत्रका सम्भावनाबारे जानकारी लिनसमेत उपयोगी वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।