मन्सुर खान बिरगंज असोज १५ गते । बाढी तथा दैवी प्रकोप पीडितका लागि ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा ४० बन्डल कपडा हस्तान्तरण बाढी तथा दैवी प्रकोपबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले ४० बन्डल कपडा जिल्ला प्रशासन कार्यालय पर्सालाई हस्तान्तरण गरेको छ।विपद्का कारण प्रभावित भएका तथा तत्काल सहयोगको आवश्यकता रहेका नागरिकलाई लक्षित गर्दै केन्द्रले संकलन गरेको कपडा जिल्ला प्रशासन कार्यालय पर्सालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएको सामग्री जिल्ला प्रशासन कार्यालयको जिम्मामा रहने गरी बुझाइएको जनाइएको छ।प्राप्त कपडा तथा राहत सामग्रीलाई जिल्लाका विभिन्न क्षेत्रमा बाढी तथा अन्य दैवी प्रकोपबाट प्रभावित परिवारको आवश्यकता र अवस्थाका आधारमा वितरण गरिने बताइएको छ।विपद्को समयमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन यस्तो सहयोग गरिएको ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ।स्थानीयस्तरमा विपद्का बेला विभिन्न संघसंस्था तथा समुदायको सहकार्य र सहयोगले प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।