विपद् तथा अपराध नियन्त्रणका लागि तेह्रथुम, पाँचथर र ताप्लेजुङ प्रहरीबीच समन्वय बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विपद् तथा अपराध नियन्त्रणका लागि तेह्रथुम, पाँचथर र ताप्लेजुङ प्रहरीबीच समन्वय बैठक

मन्सुर खान, वीरगञ्ज, असोज १३ गते । जिल्ला प्रहरी कार्यालय पाँचथरमा तेह्रथुम, पाँचथर र ताप्लेजुङका प्रहरी कार्यालयबीच विपद् तथा अपराध नियन्त्रण र न्यूनीकरणका लागि अन्तरजिल्ला प्रहरी समन्वय बैठक सम्पन्न भएको छ।मंगलबार भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा पछिल्लो समय देखिएको मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न प्रभावका विषयमा छलफल गरिएको थियो।बैठकमा अन्तरजिल्ला अपराध नियन्त्रण, सूचना आदान–प्रदान, अपराध अनुसन्धानमा सहकार्य, फरार प्रतिवादीको खोजतलास तथा पक्राउ, शान्ति सुरक्षा व्यवस्थापन एवं प्रहरी कार्यसम्पादनसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत अन्तरक्रिया गरिएको थियो।तीनवटै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकहरूको सहभागिता रहेको बैठकमा अन्तरजिल्ला समन्वयलाई थप प्रभावकारी बनाउँदै विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आपसी सहयोग, सहकार्य र सूचनाको प्रभावकारी आदान–प्रदानलाई निरन्तरता दिने विषयमा जोड दिइएको थियो।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिस कर्णका अनुसार विपद् तथा अपराध नियन्त्रणका लागि अन्तरजिल्ला प्रहरी समन्वयलाई थप सुदृढ बनाउने विषयमा बैठक केन्द्रित रहेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)