कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत १५ गते । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।सीआईबी स्रोतका अनुसार खड्कामाथि अवैध सम्पत्ति आर्जनसम्बन्धी गतिविधि र त्यसको स्रोतबारे अनुसन्धान भइरहेको छ। उनी लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा समेत मुछिएका छन्।खड्का २०७९ सालमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।२०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा ले उनलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। उनी यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको जिम्मेवारीमा रहेका थिए।जेनजी आन्दोलनका क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा आगजनी भएपछि खड्का थप विवादमा परेका थिए। आगलागीका क्रममा घरबाट पैसा उडेजस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि छानबिनको माग उठेको थियो। उक्त घटनापछि केही समय उनी सम्पर्कविहीनसमेत भएका थिए।त्यसैबीच,अन्तरिम चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल ले ‘ऊर्जामन्त्री फरार रहेको’ अभिव्यक्ति सार्वजनिक गरेका थिए।पछि खड्काले जलेको घर अगाडि उभिएर आफू नभागेको बताएका थिए।ऊर्जा मन्त्रीका रूपमा कार्यरत रहँदा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सँग खड्काको विवाद चर्किएको थियो। सोही क्रममा प्राधिकरणभित्र मन्त्री कार्यकक्ष स्थापना गराउने विषयमा पनि विवाद भएको थियो।स्काउट जग्गा विवाद खड्का लैनचौरस्थित नेपाल स्काउट को केन्द्रीय कार्यालय परिसरको जग्गा भाडामा लिएर प्रयोग गरेको तर लामो समयसम्म भाडा नतिरेको आरोपमा विवादमा परेका थिए। नेपाल स्काउटले उक्त जग्गा खाली गराउन र करिब ५ करोड ४१ लाख रुपैयाँ भाडा असुल गर्न राज्य व्यवस्था तथा सुशासन समितिसँग सहयोग मागेको थियो।गत कात्तिकमा स्काउटले सात दिनभित्र भाडा चुक्ता गर्न सूचना जारी गरेको थियो। निर्धारित समय सकिएपछि काठमाडौं महानगरपालिकाले तत्कालीन मेयर बालेन शाह को निर्देशनमा उक्त स्थानमा रहेका संरचना डोजर प्रयोग गरी हटाएको थियो।प्रतिनिधि सभा निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबीच खड्काको पक्राउलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रहरीले भने अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)