मन्सुर खान बिरगंज चैत १० गते । निर्वाचन सम्पन्न गराउन उल्लेखनीय योगदान: एआईजी उमा चतुर्वेदी गृहमन्त्रीद्वारा सम्मानित प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष, भयरहित र सफलतापूर्वक सम्पन्न गराउन उल्लेखनीय योगदान पुर्याएको भन्दै कार्य विभाग प्रमुख एआईजी उमा चतुर्वेदीलाई गृहमन्त्री ओम प्रकाश अर्यालले प्रशंसा–पत्र प्रदान गरी सम्मानित गर्नुभएको छ।निर्वाचनको सम्पूर्ण अवधिभर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न चतुर्वेदीको नेतृत्व महत्वपूर्ण रहेको मूल्याङ्कन गरिएको छ।नोट उक्त सम्मान केवल एक व्यक्तिमा सीमित नभई,अहोरात्र खटिने सम्पूर्ण सुरक्षाकर्मीहरूको समर्पण र मेहनतको साझा कदरका रूपमा लिइएको छ।