नारायणी अस्पतालमा साइटिका रोगको सफल शल्यक्रिया ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत २४ गते । नारायणी अस्पतालमा साइटिका रोगको सफल शल्यक्रिया । वीरगञ्ज — आज नारायणी अस्पतालका लागि ऐतिहासिक तथा गर्वको दिन बनेको छ। नसा च्यापिएको (PIVD L4-5) समस्या, जसलाई सामान्य भाषामा साइटिका भनिन्छ,भएका एक बिरामीको सफल शल्यक्रिया अस्पतालमा सम्पन्न भएको छ।शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको अस्पतालले जनाएको छ।उक्त शल्यक्रियाको सफलता अस्पतालका न्युरोसर्जन डा.सफरोज अंसारीको नेतृत्वमा कार्यरत दक्ष अपरेशन (OT) टिमको संयुक्त प्रयासबाट सम्भव भएको हो।एनेस्थेसिया विभाग प्रमुख डा. राम पुकार साह, डा.अमित, डा.अभिनाश,OT इन्चार्ज विश्वनाथ चौधरी तथा स्टाफ तबस्सुमको उल्लेखनीय योगदान रहेको थियो।यस उपलब्धिसँगै नारायणी अस्पतालले क्षेत्रीय स्तरमै गुणस्तरीय न्युरोसर्जरी सेवा प्रदान गर्न सक्ने आफ्नो क्षमता पुन प्रमाणित गरेको छ।अस्पतालले आगामी दिनहरूमा पनि यस्ता सेवाहरू निरन्तर विस्तार गर्दै बिरामीहरूको विश्वास जित्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)