६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद पनि बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज फागुन १ गते । कास्कीको पोखरामा ६/६ किलो सुन र चाँदीका साथै झन्डै ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई पक्राउ गरेको हो।भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो।उक्त सूचनापछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे सुरजितको कोठामा छापा मारेको थियो मंगलबार बिहान साढे ४ बजेसम्म कास्कीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कार्यालयका प्रमुख एसपी मोहन थापाले जानकारी दिए।उनको कोठामा फेला परेका गहना र नगदको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।मंगलबार साँझ प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो।एसपी थापाका अनुसार सुरजितबाट सुनका गहना, काँचो सुन सुनको बिस्कुट गरी जम्मा ६ किलो ६९ ग्राम सुन बरामद भएको छ।६ किलो चाँदी पनि बरामद भएको छ।त्यस्तै ६२ लाख ८१ हजार रूपैयाँ नगद पनि प्रहरीले बरामद गरी सार्वजनिक गरेको हो।
एउटा मोबाइल आधारकार्ड,१३ वटा चेक दुई वटा डायरी र ७ वटा रजिस्टरहरू बरामद भएका छन्।सुरजितमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाउने प्रहरीको तयारी छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)