मोहर्रम पर्वलाई शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न पर्सामा सर्वपक्षीय बैठक सम्पन्न।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार २१ गते । मोहर्रम पर्वलाई शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न पर्सामा सर्वपक्षीय बैठक सम्पन्न।
मुस्लिम समुदायको धार्मिक पर्व मोहर्रमलाई शान्तिपूर्ण, सभ्य र भव्य रूपमा सम्पन्न गर्न आज जिल्ला प्रशासन कार्यालय पर्सामा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नं.१३ गणका प्रहरी उपरीक्षक राधेश्याम धिमाल, साथै जिल्लाका विभिन्न मुस्लिम अगुवा, युवा समूहका प्रतिनिधिहरू तथा सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो । मोहर्रम, इस्लामी क्यालेन्डरको पहिलो महिनाको विशेष पर्व हो जसको १० औँ दिन ‘यौम-ए-आशूरा’ का रूपमा मनाइन्छ । करिब १४०० वर्ष पहिले करबलाको युद्धमा इमाम हुसैन र उनका ७२ जना सहिदहरूको सम्झनामा मुस्लिम समुदायले यस पर्वलाई गहिरो श्रद्धा र सम्मानका साथ मनाउँदै आएका छन् । पर्सा जिल्लामा पनि विभिन्न मुस्लिम युवाहरू समूह–समूहमा भेला भई झर्नी, लाठी,भाला खेल प्रदर्शन गर्दै दाहा मेलामा सांस्कृतिक र ऐतिहासिक कला प्रस्तुत गर्ने चलन लामो समयदेखि रहिआएको छ । आज सम्पन्न छलफलमा मोहर्रम पर्वलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले निम्न बुँदागत निर्णयहरू गरिएको छ पर्वको अवसरमा कुनै पनि किसिमको हातहतियार नलैजाने,चर्को आवाजमा डीजे वा साउण्ड सिस्टम नबजाउने सबै समूहहरूले आफ्नो व्यवस्थापन स्वयम् गर्ने र स्वयंसेवक परिचालन गर्ने,सुरक्षाको लागि प्रहरी बलको पर्याप्त परिचालन गर्ने,ड्रोनमार्फत निगरानी गरी सुरक्षा सुनिश्चित गर्ने,जिल्ला प्रशासनले सबै पक्षहरूलाई संयमित,अनुशासित र धार्मिक सद्भाव कायम राख्दै पर्व मनाउन आग्रह गरेको छ । मुस्लिम अगुवाहरूले समेत उक्त निर्णयहरूमा सहमति जनाउँदै मोहर्रमलाई शान्तिपूर्ण र गरिमामय तरिकाले सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)