बिरगंज नेशनल मेडिकल अस्पतालको सुरक्षा व्यवस्था कमजोर अस्पताल परिसरमै छाडा कुकुरको आतंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान,बिरगंज, १३ असार।बिरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको सुरक्षा व्यवस्था कमजोर हुँदै गएको गुनासो चुलिँदै गएको छ। अस्पतालभित्रै खुलेआम छाडा कुकुर घुमिरहँदा न त प्रशासन जागरूक देखिन्छ, न त बिरामी तथा कुरुवाहरू सुरक्षित महसुस गरिरहेका छन्।अस्पतालको आन्तरिक सुरक्षामा लापरवाही देखिँदा छाडा कुकुरहरू बेझिझक अस्पतालको भित्री भागसम्म प्रवेश गरिरहेका छन्। बिरामीका कुरुवाहरू सुत्ने स्थानदेखि लिएर इमरजेन्सी वार्ड, शल्यक्रिया कक्षको आसपाससम्म समेत कुकुरहरूको उपस्थिति देखिन्छ। एकपटक होइन, पटक–पटक यस्ता दृश्य देखिँदा पनि अस्पताल प्रशासनले कुनै ठोस कदम चालेको छैन।अस्पताल स्वास्थ्य सेवा प्रदान गर्ने अत्यन्त संवेदनशील क्षेत्र हो। त्यहाँ आउने बिरामीहरू शारीरिक रूपमा कमजोर अवस्थामा हुन्छन्, कतिपय गम्भीर शल्यक्रिया भोगिरहेका हुन्छन् भने कतिपय संक्रमणको उच्च जोखिममा रहेका हुन्छन्। यस्तो अवस्थामा छाडा कुकुरहरूको खुला प्रवेशले संक्रमण फैलन सक्ने खतरा अझ बढाएको छ। चिकित्सकहरूले पनि स्वच्छता र संक्रमण नियन्त्रणलाई उपचारकै मूल आधार मानेका हुन्छन्, तर यहाँ भने अस्पतालकै सरसफाइमा लापरवाही देखिएको छ।कुरुवाको पीडा : रातको समयमा आक्रमणको डरएक जना बिरामीका कुरुवाले बताएका छन्, “हामी रातिमा सुतेका थियौँ। रातको करिब २–३ बजेको समयमा ४–५ वटा कुकुर आएर घेराहाल्यो। हामी माथि आक्रमण गर्ने अवस्थामा पुगेपछि डरले झसङ्ग निन्द्रा खुल्यो। अस्पतालमा उपचारका लागि आएका हामी आफैँ असुरक्षित महसुस गर्न थाल्यौं।”कुरुवाहरूको आरोप छ कि अस्पतालमा सुरक्षाकर्मीको संख्या पर्याप्त छैन, भएका पनि केवल ढोका हेर्ने जिम्मेवारीमै सीमित छन्। अस्पताल परिसरमा घुमिरहेका छाडा कुकुरको व्यवस्थापन गर्नतिर कसैको ध्यान छैन। उनीहरू भन्छन्, “यदि कुनै बिरामी वा कुरुवा कुकुरले टोकेको खण्डमा रेबिज लगायतका रोगको उच्च जोखिम हुन्छ। यस्तो लापरवाहीले बिरामीको जीवनसँग समेत खेलवाड भएको छ।”स्थानीय पत्रकार संघको माग : प्रशासन होशियार बनोस् नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर खानले अस्पताल प्रशासनको लापरवाही प्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले भने, “स्वास्थ्य संस्था सबैभन्दा संवेदनशील क्षेत्र हो। यहाँ सुरक्षाको उचित व्यवस्था हुनु जरुरी छ। कुकुरजस्तो जनावर अस्पताल परिसरमा देखिनु भनेको सम्पूर्ण व्यवस्थापनको असफलता हो। प्रशासनले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ।उनले छाडा कुकुर नियन्त्रण, अस्पताल सुरक्षाको समुचित व्यवस्था, सरसफाइमा ध्यान र गम्भीरता पूर्वक सुधारको माग गरेका छन्।निष्कर्षमा, बिरगंजको प्रमुख स्वास्थ्य संस्थामध्ये एक नेशनल मेडिकल अस्पतालजस्तो ठाँउमा यस्तो लापरवाही हुनु गम्भीर विषय हो। अस्पताल प्रशासनले समयमै सचेत नभए यसले अस्पतालको प्रतिष्ठामाथि पनि प्रश्न उठ्नेछ। बिरामीहरूको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्तो संवेदनशील क्षेत्रलाई तुरुन्त सुरक्षित र व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)