मन्सुर खान बिरगंज साउन ६ गते । इन्स्पेक्टर विशाल मल्ल असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत. जनकपुर,मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारी ले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम २०८३ साल असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month) घोषित इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल लाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्नुभएको छ। डीआईजी अधिकारीले प्रहरी निरीक्षक मल्ललाई उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गर्नुभएको हो । प्रहरी निरीक्षक मल्लले कर्तव्यनिष्ठ, प्रभावकारी तथा व्यावसायिक प्रहरी सेवामार्फत उल्लेखनीय योगदान पुर्याएको मूल्यांकनका आधारमा असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीका रूपमा सम्मान प्राप्त गर्नुभएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।