मन्सुर खान बिरगंज फागुन २८ गते । आईजईपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित प्रशिक्षण कार्यक्रम सम्पन्न प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित Open-source Intelligence Investigation (OSINT) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणमा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यौन शोषण र दुर्व्यवहार गम्भीर चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै यस प्रशिक्षणले यौन अपराधहरूको अनुसन्धान र न्यूनीकरणमा सहयोग पुग्नुका साथै प्रशिक्षणबाट सिकेका सीपहरूले त्यस्ता अपराधहरूलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । विशेष गरी Aid Sector हरूमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने उद्देश्यका साथ इन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गत कानून कार्यान्वयन गर्ने निकायका अधिकृतहरूलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो ।