मन्सुर खान बिरगंज असार २६ गते । अनलाइन जुवा प्रकरणमा पक्राउ परेका ८ जनाबारे कास्की प्रहरीद्वारा पत्रकार सम्मेलन पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले अनलाइन जुवा तथा सट्टेबाजी सञ्चालनमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जनाबारे पत्रकार सम्मेलन गरी जानकारी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिहरू, घटनाको पृष्ठभूमि तथा अनुसन्धानको प्रगतिबारे जानकारी दिइएको थियो।कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले पक्राउ प्रक्रिया, घटनाको विवरण र हालसम्मको अनुसन्धानको अवस्थाबारे विस्तृत जानकारी गराउनुभएको थियो।पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ प्रहरी उपरीक्षक नवीन कार्कीले दिनुभएको थियो।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।