बारा अमलेखगञ्जमा २ किलो लागू औषधसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज फागुन २२ गते । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा २ किलो ४१ ग्राम अफिम जस्तो देखिने लागू औषधसहित दुई जना पक्राउ परेका छन्।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार फाल्गुन २१ गते दिउँसो करिब ३:०० बजे हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको बा.प्र. ०३-००३ प ३१२६ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा सिटमुनी लुकाइ राखिएको अवस्थामा २ किलो ४१ ग्राम लागू औषध (४ प्याकेट) फेला परेको थियो।पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक मकवानपुर, राक्सिराङ गाउँपालिका–१ का २७ वर्षीय सुनिल मोक्तान र पछाडि सवार भीमफेदी गाउँपालिका–३ का २० वर्षीय हर्क रुम्बा रहेका छन्।प्रहरीले बरामद लागू औषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)