भारतबाट कलैया लैजाँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज फागुन २० गते । भारतबाट नेपालतर्फ ल्याइँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्।हुण्डीमार्फत् कारोबारीले कलैयातर्फ ल्याउँदै गरेको २५ लाख नेपाली रुपैयाँ रौतहट बारासँग जोडिएको झरौखर नाकामा सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको हो।भारतबाट हुण्डीमार्फत् ठूलो परिमाणमा नेपाली रुपैयाँ लगिएको विशेष सूचनाको आधारमा एसएसबी ७१ औं बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मंगलबार साँझ चेकजाँचको क्रममा हुण्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो।पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन माइस्थान चौकका २५ वर्षीय अविनास कुमार रहेको एसएसबीले जनाएको छ।अविनासले चलाएर जाँदै गरेको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याएको झोलाभित्र नेपाली २४ लाख ७१ हजार र भारु ३८ हजार बरामद भएको एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले बताए।सोधपुछको क्रममा भारतीय नागरिक अभिनास कुमार हुण्डी कारोबारी रहेको र बरामद रुपैयाँ बाराको सदरमुकाम कलैया लैजाने तयारी रहेको बताएका थिए।उनले लामो समयदेखि भारतबाट हुण्डी कारोबार गर्दै आएको स्वीकार गरेको एसएसबीले जनाएको छ।नेपाली र भारतीय रुपैयाँ मोटरसाइकलसहित अविनास कुमार लाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मंगलबार साँझ नै भारतीय झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।पछिल्लो समय रौतहट र बाराको विभिन्न स्थानमा नेपाली र भारतीय रुपैयाँको हुण्डी कारोबारी सक्रिय भएको देखिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)