बोइङ जहाजले उड्नेबित्तिकै दिएको थियो आपतकालीन सूचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ ३० गते । भारतको गुजरातमा बिहीबार दिउँसो जहाज दुर्घटना हुँदा स्थानीय मौसम एकदमै सफा थियो। त्यतिखेर हावाको गति मन्द थियो भने भिजिबिलिटी ६ किलोमिटरसम्म थियो।भारतीय नागरिक उड्डयन कार्यालयको मौसम पूर्वानुमान शाखाका अनुसार त्यो समय आकाशमा कालो बादलधरि लागेको थिएन। र, ठूलो हावाहुरीको पनि कुनै सम्भावना थिएन।यसका बाबजुद विमानस्थलको धावनमार्ग छाडेको ५ मिनेटमै बोइङ–७८७–८ ड्रिमलाइनर जहाज किन आकाशमा अडिइरहन सकेन र त्यो जमिनतिर हुर्रियो भन्नेमा धेरैको चासो छ।उक्त जहाज आकाशबाट तल झर्न थालेपछि धेरैले उत्सुकतावस् भिडिओ खिच्न थालेका थिए। त्यही भिडिओका आधारमा सो जहाज पाँच मिनेटमै आकाशबाट तल खसेर एउटा घरमाथि बजारिएको देखिन्छ। त्यो घर एक अस्पतालको भवन थियो जहाँ आवासीय चिकित्सकहरू बस्थे।बिबिसीका अनुसार यो जहाजले उड्नेबित्तिकै एयरट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर आपतकालीन सूचना (मे–डे कल) दिएको थियो। लगत्तै जहाजको सम्पर्क विच्छेद भयो। एयरट्राफिक कन्ट्रोलले सोध्दा पनि जबाफ फर्काएन।बिबिसीले फ्लाइट राडारलाई उद्धृत गर्दै लेखेको छ, 'जहाज धावनमार्ग छाडेर जमिनको सतहभन्दा ६२५ फिट माथि हुँदा सम्पर्क विच्छेद भएको थियो।त्यसपछि त्यो जहाज एकैपटक घरमा बजारियो। यो जहाजमा कुल २४२ जना थिए। तीमध्ये चालक दलका सदस्य १२ जना थिए। यात्रुहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानडियन र ७ जना पोर्चुगिज नागरिक थिए।अस्वाभाविक रूपमा भएको यो दुर्घटनाबारे बोइङ कम्पनीले आफ्नो भनाइ राखिसकेको छ।प्रारम्भिक रिपोर्टहरूबारे हामी जानकार छौं र थप सूचना संकलन गर्दैछौं,बोइङले भनेको छ।बिबिसी संवाददाताका अनुसार बोइङ–७८७–८ ड्रिमलाइनर जहाज यस किसिमले दुर्घटना भएको पहिलो पटक हो। बोइङको यो मोडलको जहाज १४ वर्षअघि बजारमा सार्वजनिक भएको थियो । र,६ साताअघि मात्र बोइङका ड्रिमलाइनर जहाजहरूले एक अर्ब यात्रु ओसारेको भन्दै उत्सव मनाएको थियो।पछिल्लो समय दुर्घटनाहरू धेरै खेपेको बोइङका लागि यो दुर्घटना एकदमै ठूलो झट्का हो।यसअघि बोइङका म्याक्स मोडलका दुई जहाज दुर्घटना परेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)