मन्सुर खान बिरगंज जेठ ४ गते । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा नीति निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ । कार्यक्रम मिति २०८२/०२/०४ गते साँझ ४:३० बजे सम्पन्न भएको थियो। प्रमुख चतुर्वेदीले पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीसंग भेटघाट गर्दै शान्ति सुरक्षामा प्रभावकारी प्रहरी परिचालन, सिमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण,अवैध निकासी–पैठारी तथा भन्सार छलिको रोकथाम, फरार अभियुक्तको खोजी तथा पक्राउलगायत विषयमा निर्देशन दिनुभयो । उहाँले प्रहरी आचरण सुधार, अभिलेख व्यवस्थापन, हिरासत कक्ष, कार्यालयका शाखाहरू, ब्यारेक, मेस तथा क्यान्टिनको निरीक्षण गर्दै आत्महत्या न्यूनिकरण, पुराना मुद्दाहरूको फर्छोट, सवारी दुर्घटना तथा त्यसबाट हुने क्षति न्यूनिकरणमा विशेष जोड दिनुभएको थियो कार्यक्रममा विभिन्न सुरक्षासम्बन्धी चुनौतीहरू, कार्यसम्पादनको प्रभावकारिता तथा सुधारका उपायहरूबारे समेत अमूल्य निर्देशन प्रदान गरिएको थियो।