हुन्डी कारोबारको आशंकामा स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज फागुन १० गते । हुन्डी कारोबारको आशंकामा स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ।  सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा ४ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारत, पूर्वी चम्पारण रक्सौलका ३४ वर्षीय कन्हैया कुमार गुप्ता रहेका छन्। उनी भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा बीरगंज-१६ भन्सार चेकपोस्टमा पक्राउ परेका हुन्।गुप्ताले नेपाली १००० दरका ३०० थान र ५०० दरका २०० थान गरी कुल ४ लाख रुपैयाँ आफ्नो शरीरको विभिन्न भागमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ गर्दा प्रयोग गरिएको बीआर ०५ एबी ६६९४ नम्बरको मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ आँकलन गरिएको छ।सशस्त्र प्रहरीले पक्राउ परेका गुप्ता ,बरामद रकम र मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि बीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)