इलाका प्रहरी कार्यालय सिमराको लागुऔषध नियन्त्रण अभियान तीव्र १०.७७८ केजी गाँजासहित एकजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन २ गते । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध कारोबारविरुद्ध सञ्चालन गरिरहेको अभियान अन्तर्गत सिमरा क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एकजनालाई नियन्त्रणमा लिएको छ।बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको समन्वयमा, इलाका प्रहरी कार्यालय सिमराका डिएसपी बेद प्रकाश जोशीको नेतृत्वमा लागुऔषध कारोबारमाथि कडा निगरानी र कारवाही जारी राखिएको छ। सोही अभियान अन्तर्गत आज बिहान ७:३० बजे प्रहरी चौकी पथलैयाबाट प्रनानि बब्बि बम्जनको कमाण्डमा खटिएको टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई पथलैया चोकमा रोकी चेकजाँच गरेको थियो।चेकजाँचको क्रममा कालो झोलामा गाँजा लुकाइराखेको अवस्थामा सवार एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति बारा जिल्ला, सिम्रौनगढ नगरपालिका–७ मलाही टोल निवासी अन्दाजी ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहा रहेको प्रहरीले जनाएको छ। झोलाबाट १० किलो ७७८ ग्राम गाँजा बरामद गरिएको छ।पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको र लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइने इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)