मन्सुर खान बिरगंज बैशाख २८ गते । आईजीपी दान कार्कीद्वारा PLSC Batch–02 को समुद्घाटन काठमाडौंस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा Masters of Police Sciences (MPS) कार्यक्रममा समावेश Police Leadership and Staff Course (PLSC Batch–02) को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।प्रहरी महानिरीक्षक दान बहादुर कार्की को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रहरी नेतृत्व विकास, व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा आधुनिक सुरक्षा चुनौती सामना गर्न आवश्यक दक्षता विकासमा जोड दिइएको थियो।उक्त तालिममार्फत वरिष्ठ प्रहरी अधिकृतहरूको नेतृत्व क्षमता, नीतिगत सोच तथा संगठनात्मक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको नेपाल प्रहरीले जनाएको छ।