हज २०८३ का यात्रुहरूलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डासहित भावपूर्ण बिदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २७ गते । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हज २०८३ का लागि पवित्र भूमि साउदी अरेबियातर्फ प्रस्थान गर्नुअघि नेपाली हज यात्रुहरूलाई नेपालको राष्ट्रिय झण्डा ओढाएर भावपूर्ण बिदाइ गरिएको छ।परिवार,आफन्त तथा शुभेच्छुकहरूको उपस्थितिमा दुआ, शुभकामना र आत्मीयतासहित हाजीहरूको बिदाइ गरिएको दृश्यले विमानस्थल परिसर भावुक बनेको थियो।हज यात्रामा सहभागी हुन लागेका हाजीहरूलाई धार्मिक आस्था, सम्मान र राष्ट्रिय गौरवका साथ विदा गरिएको हो।यस अवसरमा उपस्थित आफन्तजनले यात्रुहरूको सफल, सुरक्षित तथा सहज हज यात्राको कामना गरेका थिए। हज इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक कर्तव्य मानिन्छ, जसका लागि विश्वभरका मुस्लिम समुदाय प्रत्येक वर्ष पवित्र भूमि मक्का र मदिनातर्फ प्रस्थान गर्ने गर्दछन्।अल्लाह तआलाले सम्पूर्ण हाजीहरूको यात्रा सहज, सुरक्षित र मक्बूल बनाउन् भन्ने कामना गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)