मन्सुर खान बिरगंज साउन १५ गते । मधेशको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै एआईजीदेखि एसएसपीसम्म १५ जना वरिष्ठ प्रहरी अधिकृत फिल्डमा खटाइए काठमाडौं । सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव मधेशका विभिन्न जिल्लामा फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ। त्यसका लागि प्रहरी प्रधान कार्यालयले एआईजीदेखि एसएसपी तहसम्मका १५ जना वरिष्ठ प्रहरी अधिकृतलाई विभिन्न संवेदनशील क्षेत्रमा परिचालन गरेको छ।प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार सम्भावित जोखिम न्यूनीकरण, जनशक्ति परिचालन तथा सुरक्षा समन्वयलाई प्रभावकारी बनाउन मधेश, कोशी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वरिष्ठ अधिकृतहरू खटाइएको हो।शुक्रबार बिहान एआईजी हिमालय कुमार श्रेष्ठलाई मधेश प्रदेशमा खटाइएको छ। त्यस्तै एआईजी सिद्धीबिक्रम शाहलाई बाँके, एआईजी उमा प्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश र सुनसरी क्षेत्रमा परिचालन गरिएको छ।यस्तै डीआईजी दिनेश कुमार आचार्यलाई सिरहा र डीआईजी अबि नारायण काफ्लेलाई सप्तरीमा सुरक्षा समन्वयको जिम्मेवारी दिइएको छ।
खटाइएका वरिष्ठ प्रहरी अधिकृतहरू:
एआईजी सिद्धीबिक्रम शाह – बाँके
एआईजी हिमालय कुमार श्रेष्ठ – मधेश प्रदेश
एआईजी उमा प्रसाद चतुर्वेदी – कपिलवस्तु
एआईजी ईश्वर कार्की – कोशी प्रदेश तथा सुनसरी
डीआईजी दिनेश कुमार आचार्य – सिरहा
डीआईजी अबि नारायण काफ्ले – सप्तरी
एसएसपी गोपालचन्द्र भट्टराई – सर्लाही
एसएसपी सोमेन्द्र सिंह राठौर – पर्सा
एसएसपी दीप शम्शेर जबरा – रौतहट
एसएसपी नवराज अधिकारी – चितवन
एसएसपी कृष्णप्रसाद पंगेनी – महोत्तरी
एसएसपी होबिन्द्र बोगटी – बारा
एसएसपी ज्ञानेन्द्रप्रसाद फुँयाल – मारेरङ
एसएसपी भुवनेश्वर तिवारी – धनुषा
एसएसपी अमरेन्द्रबहादुर सिंह – मधेश प्रदेश
प्रहरी प्रधान कार्यालयले खटाइएका अधिकृतहरूलाई स्थानीय प्रहरीसँग समन्वय गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाउन, आवश्यक जनशक्ति परिचालन गर्न तथा कुनै पनि परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिन प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको जनाएको छ।