मन्सुर खान बिरगंज चैत्र १९ गते । आइतबार १०:०० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर ग्रीन सिटी चौकमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी समुदायिक सेवा केन्द्र, तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साको सँयुक्त आयोजनामा आगजनी सम्वन्धि जनचेतना मुलक कार्यक्रम ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्यु को अध्यक्षतामा उक्त कार्यक्रम गरी बिभिन्न होटलहरू, पैदल यात्री सवारी चालक र सवारी यात्रीहरु गरी अन्दाजी जम्मा १०७ जनालाई सम्झाई बुझाई तथा पर्चा पम्प्लेट समेत वितरण गरी उक्त कार्यक्रम अन्दाजी १३:०० बजेकाे समयमा सुसम्पन्न गरियो उपस्थिति तथा सहभागिता हरु (१) जय प्रकाश खेतान ज्यु:- ग्रीन सिटी अध्यक्ष (२) उपाध्यक्ष संजय शर्मा (३) ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी वरिष्ठ हवल्दार :- बिबेक राउत कुर्मी (४) प्रहरी हवल्दार :- प्रेम राम (५) जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी हवल्दार नबिन कुमार पटेल(६) ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रह राहुल पाठक (७) प्रज पुर्ण कुमारी श्रेष्ठ ।