म्यागनस फर्माले १ अर्ब लगानी थप्दै नेपालमै पहिलो पटक नेजल ड्रप उत्पादन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज फागुन २१ गते । म्यागनस फर्माले १ अर्ब लगानी थप्दै नेपालमै पहिलो पटक नेजल ड्रप उत्पादन सुरु बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३भलुहीमा सञ्चालित म्यागनस फर्मा प्रा.लि.ले १ अर्ब रुपैयाँ बराबरको लगानी थप्दै उत्पादन विस्तार गरेको छ। उद्योगले नयाँ प्रविधिको प्रयोग गर्दै नेपालमै पहिलो पटक नेजल ड्रप उत्पादन सुरु गरेको छ, जुन आगामी वैशाख पहिलो सातासम्म बजारमा आउने बताइएको छ।मंगलबार साँझ वीरगञ्जको होटल भिस्वामा आयोजित पत्रकार सम्मेलन मार्फत उद्योगका प्रबन्ध निर्देशक सुधिर प्रकाश मास्के ले म्यागनस फर्माले पछिल्लो दुई वर्षदेखि भेनेजुएला र मरिससमा वार्षिक १–१ करोड रुपैयाँ बराबरको औषधि निर्यात गर्दै आएको जानकारी दिए। नेपालमा खपत हुने कुल औषधिको ९० प्रतिशत भारत र अन्य मुलुकबाट आयात हुने भएकाले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित उद्योगले इन्जेक्टेबल प्लान्ट स्थापना गरेको उनले बताए।नबिल बैंकको ऋण लगानीमा अमेरिकी र भारतीय प्रविधियुक्त अत्याधुनिक मेशिनहरू जडान गरी परीक्षण पूरा गरिसकिएको छ। उद्योग व्यवस्थापन समूहका अनुसार, नयाँ प्लान्टबाट इन्जेक्टेबल औषधि (भाइल र एम्पुल), आँखा र कानका ड्रप तथा नाकमा प्रयोग हुने नेजल ड्रप उत्पादन गरिनेछ।पत्रकार सम्मेलनमा उद्योगका सञ्चालक समितिका अध्यक्ष सन्दीप तुल्स्यान ले ७,८८६ वर्गफिट क्षेत्रफलको वातानुकूलित आधुनिक वेयरहाउस निर्माण गरिएको जानकारी गराए। उनले औषधिको गुणस्तर जोगाउन उन्नत भण्डारण प्रणाली आवश्यक पर्ने भएकाले सुविधासम्पन्न गोदाम निर्माण गरिएको बताए।उद्योगका आर्थिक निर्देशक विनित लोहिया का अनुसार, सन् २००९ देखि बजारमा औषधि बिक्री वितरण सुरु गरेको म्यागनस फर्माको हालको कुल पूँजी करिब २५ करोड रुपैयाँ पुगेको छ। हाल उद्योगमा ३ सयभन्दा बढी कामदारले प्रत्यक्ष रोजगारी पाएका छन्।गत आर्थिक वर्षमा १ अर्ब १६ करोड रुपैयाँको कारोबार गरेको उद्योगले चालू आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४० करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य राखेको छ। कम्पनीको उद्देश्य नेपालका शीर्ष ५ औषधि उद्योगभित्र पर्नु रहेको सञ्चालक समितिले जनाएको छ।मास्केले औषधि व्यवस्था विभागबाट प्रारम्भिक चरणमा २० वटा ब्रान्डको उत्पादन अनुमति प्राप्त भइसकेको जानकारी गराउँदै आगामी दिनमा उत्पादन थप विस्तार गरिने बताए। उनका अनुसार, मुटु, छाती, मधुमेह, मानसिक रोगका लागि ट्याबलेट र क्याप्सुल उत्पादन गर्दै आएको उद्योगले इन्जेक्टेबल औषधि उत्पादन सुरु गरेपछि औषधि उद्योगमा आर्थिक क्रान्ति ल्याउने छ।नेपालमै पहिलो पटक उत्पादन हुन लागेको नेजल ड्रप र अन्य नयाँ औषधिहरूले आयात प्रतिस्थापन गर्दै देशको औषधि उद्योगलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)