नेपाल मुस्लिम पत्रकार संघद्वारा पर्साका एसपी मिश्रलाई स्वागत तथा समसामयिक विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बिरगंज  फागुन ४ गते । नेपाल मुस्लिम पत्रकार संघद्वारा पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई स्वागत तथा समसामयिक विषयमा छलफल नेपाल मुस्लिम पत्रकार संघ पर्साका कार्यसमितिका सदस्यहरूले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसँग भेटघाट गरेका छन्।संघका अध्यक्ष मन्सुर खानका अनुसार, पर्सामा हालै आएका एसपी मिश्रलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।भेटका क्रममा एसपी मिश्रले पर्सामा आफ्नो कार्यकालको पहिलो महिनामै तस्करी नियन्त्रण लागू औषध बरामद, गाँजा खेती फडानी फरार प्रतिवादी पक्राउ लगायतका अभियान सञ्चालन गर्दै शान्ति सुरक्षालाई मजबुत बनाउन सक्रिय रहेको बताए।नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर खानको नेतृत्वमा उपस्थित सदस्यहरूले एसपी मिश्रको पहलको सराहना गर्दै पर्सावासीको सुरक्षाका लागि पूर्ण विश्वास व्यक्त गरे। संघका सचिव सज्जाद हवारीले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रहरीले प्रभावकारी भूमिका खेल्ने अपेक्षा राखेको बताए।संघका अध्यक्ष खानले प्रहरी प्रशासनलाई जनताको प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्न निर्दोषलाई न्याय दिन र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे। साथै, यदि पीडितहरूले न्याय नपाएमा संघले प्रतिवाद गर्ने चेतावनी पनि दिए।एसपी मिश्रले पर्सावासीसँग प्रत्यक्ष रूपमा सम्बन्ध स्थापित गर्दै उनीहरूका समस्याहरू सुन्ने र न्याय दिने प्रतिबद्धता जनाए। साथै बिचौलियामुक्त प्रहरी सेवा प्रदान गर्ने र तस्करी तथा लागू औषध नियन्त्रणलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन्।शान्ति सुरक्षामा कुनै सम्झौता हुनेछैन, उनले स्पष्ट रूपमा उल्लेख गरे।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)