मन्सुर खान बिरगंज असार २८ गते । नगर प्रहरीका पूर्व प्रमुख कमान्डरहरूको पुनर्मिलन कार्यक्रम सम्पन्न. काठमाडौं — नगर प्रहरी कार्यालय, भृकुटीमण्डपको आयोजनामा विभिन्न कालखण्डमा नगर प्रहरी कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्दै संगठनको विकास र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका पूर्व प्रमुख कमान्डरहरूको सम्मानमा "नगर प्रहरी प्रमुख पुनर्मिलन कार्यक्रम" सम्पन्न भएको छ।पुनर्मिलन कार्यक्रमको उद्देश्य नगर प्रहरीको गौरवशाली यात्राका अनुभवहरूको स्मरण गर्नु, संगठनको स्तरोन्नतिका लागि अग्रजहरूको मार्गदर्शन प्राप्त गर्नु तथा पूर्व र वर्तमान नेतृत्वबीच आपसी भाइचारा, समन्वय र सामीप्यलाई अझ सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ।कार्यक्रममा सहभागी अग्रज प्रमुख कमान्डरहरूले आफ्नो अनुभव आदानप्रदान गर्दै नगर प्रहरीको संस्थागत विकास, व्यावसायिक क्षमता अभिवृद्धि र भावी कार्यदिशाबारे सुझाव दिएका थिए।नगर प्रहरी प्रमुख डिएसपी प्रल्हाद कार्कीले कार्यक्रममा सहभागी भई गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण आदरणीय अग्रज प्रमुख कमान्डरहरूप्रति नगर प्रहरी परिवारका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।