पर्सा प्रहरीले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषधसहित एक जना भारतीयलाई पक्राउ गरेको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज चैत्र २२ गते । पर्सा प्रहरीले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषधसहित एक जना भारतीयलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नं.२ बस्ने वर्ष २६ को राजकरण साह रहेको पर्सा प्रहरीले जनाएको छ।चैत २१ गते दिउसो १:०० बजेको समयमा वीरगञ्जको महानगरपालिका वडा नं.१५ फुलवारी टोल स्थित सडकखण्डमा बाराको बलीरामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बिआर ०५ एटि ७३२६ नम्बरको भारतीय मोटरसाइकलमा दुवैतर्फ तरकारीहरू संकाष्पदरूपमा लिइ आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध नुरफिन २०० पिस, डाइजेपाम २०० पिस र फेनारगन २०० पिस गरी जम्मा ६०० पिस फेला परेको हुँदा उल्लेखित लागु औषध, मोटरसाइकल र राजकरण साहलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी गराए।साह विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)