मन्सुर खान बिरगंज असार २६ गते । पत्रकारलाई गाली गरेको भिडियोप्रति पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण आफूलाई कमेडियन बताउने आदर्श मिश्रले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा पत्रकारप्रति अपमानजनक तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।महासंघले प्रेस स्वतन्त्रता, पत्रकारको मर्यादा तथा कानुनी शासनमाथि प्रहार गर्ने यस्ता गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पार्दै घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न माग गरेको छ।यस विषयमा महासंघले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसमक्ष निवेदन बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको जनाएको छ।नेपाल पत्रकार महासंघ पर्सा शाखाले प्रेस स्वतन्त्रता तथा पत्रकारको सम्मानमाथि हुने कुनै पनि प्रकारका आक्रमण वा अपमानजनक गतिविधिविरुद्ध सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।