पुरस्कार वितरण,शुभ जन्मोत्सव तथा सामूहिक भोजन कार्यक्रम सम्पन्न.

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार १९ गते । पुरस्कार वितरण,शुभ जन्मोत्सव तथा सामूहिक भोजन कार्यक्रम सम्पन्न.   कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कर्मचारीहरूमा हौसला, उत्प्रेरणा तथा भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले पुरस्कार वितरण,शुभ जन्मोत्सव तथा सामूहिक भोजन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रहरी जवान मिलन बहादुर थापालाई २०८३ साल जेठ महिनाको Police of the Month घोषणा गर्दै सम्मान गरिएको थियो।उहाँले नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारीप्रति उच्च लगनशीलता, इमान्दारिता तथा कर्तव्यपरायणता प्रदर्शन गर्नुका साथै भीड नियन्त्रण, व्यवस्थापन र उद्धार कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। साथै, सर्वसाधारणमा सुरक्षाको अनुभूति दिलाउने, सार्वजनिक सम्पत्तिको संरक्षणमा अग्रणी भूमिका खेल्ने तथा प्रहरी संगठनको गरिमा अभिवृद्धिमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।यसै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने अन्य प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो। साथै, २०८३ साल जेठदेखि असार १९ गतेसम्म जन्मदिन परेका प्रहरी कर्मचारीहरूको शुभ जन्मोत्सव मनाइनुका साथै सामूहिक भोजन कार्यक्रमसमेत आयोजना गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख डीएसपी प्रह्लाद कार्कीले इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीले सम्मान प्राप्त गर्ने अवसर पाउने विश्वास व्यक्त गर्दै यसले संगठनको प्रतिष्ठा र श्रीवृद्धिमा सकारात्मक योगदान पुग्ने बताउनुभयो। उहाँले पुरस्कृत प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै जन्मदिन मनाउने सबै प्रहरी कर्मचारीहरूको पारिवारिक, सामाजिक तथा पेसागत जीवन उत्तरोत्तर प्रगतिशील रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रममा प्रहरी निरीक्षकहरू तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)