प्याब्सन पर्साद्वारा पत्रकार सम्मेलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज फागुन ४ गते । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन )को आयोजनामा बिरगंजमा भोलीदेखि शुरू हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट र राज होजियारी जुनियर फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बिरगंजको होटेल बृन्दावनमा आइतवार प्याब्सन पर्साले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका लागि सबै तयारी पूर्ण भएको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नारायणी क्रिकेट मैदानमा फागुन ५ गतेदेखि हुने क्रिकेटका खेलहरू फागुन १४ गतेसम्म सञ्चालन हुने र सो प्रतियोगितामा प्याब्सन आबद्ध २७ वटा विद्यालयको सहभागीता रहेको र सो खेलमा पहिलो , दोस्रो र तेस्रो हुनेलाई टफि , मेडल र नगद सहित पुरस्कार दिनेछ ।पहिलो हुनेलाई १५ हजार , दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए । सो खेल अवधिमा बेस्ट खेलाडी , बेस्ट व्यास्टम्यान , बेस्ट प्लेयर , बेस्ट बलर म्यान अफ दि सिरिज सहित ६ बिधामा ६ खेलाडीहरुलाई जनही ३ हजारले सम्मानित गरिने बताए । त्यसैगरी भोलीदेखि नै विपद् व्यवस्थापन गुल्म वीरगञ्जको खेल मैदानमा सुरु हुने जुनियर फुटबलका खेलहरू फागुन १० गते समापन हुनेछन् । फुटबलतर्फ पहिलो हुने टिमलाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रो हुने टिमलाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । साथै, फुटबल तर्फ उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट डिफेन्डर लगायतका विधा तर्फ ६ जनालाई जनही १५ सय नगदले सम्मानित गर्ने सन्योजक प्रबीण चौधरीले बताए । क्रिकेट र फुटबल दुवैतर्फ प्रतियोगितामा सहभागि ८ सय खेलाडीको २५ हजार रुपैयाँ सम्मको सुरक्षा बीमा गरिएको प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले बताए । राष्ट्रिय स्तरको जनशक्ति तयार गरेर राष्ट्रको नामलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्याब्सन अगाडि बढी रहेको र यहाबाट उत्पादन गरेको खेलाडी राष्ट्रिय स्तरमा खेल्ने छन् । विशेष पर्साको खेलाडी अगाडि आएको र आउने दिनमा पनि पढाईको साथ साथै खेलकुदप्रति रुचि राख्न , खेलको बिकास , स्वस्थ रहन प्रतियोगिता आयोजना गरिएको प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामाले बताए । प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा , मधेस प्रदेशका सल्लाहकार एवं क्रिक्रेट प्रतियोगिता संयोजक ईमामुदिन अहमद , मधेस प्रदेशका पुर्व उपाध्यक्ष श्याम केसि , सल्लाहकार एवं मधेस प्रदेश सदस्य डा. हरिशन्कर साह , प्याब्सन जिल्ला उपाध्यक्ष सुशीला साह , प्याब्सनका पदाधिकारीहरु , विभिन्न स्कुलका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम सन्चालन प्याब्सन पर्साका सचिब अशोक संग्रौलाले गर्नु भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)